पर्यटक लिएर गएका ट्रेकिङ गाइडको लडेर ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पर्यटक लिएर गएका ट्रेकिङ गाइडको लडेर ज्यान गयो - Gandaki Express


चैत १५, गोरखामा बिहिबार बिहान १ जना ट्रेकिङ गाइडको लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका–४ घर भएका ५४ बर्षीय सार्की शेर्पा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अमेरिकी नागरकि लिएर मनासलु पद यात्रामा निस्किएका शेर्पाको धार्चे गाउँपालिका–३ को खोर्लाबेशीस्थित बुढीगण्डकी नदी किनारमा लडेर ज्यान गएको हो ।

बिहान ९ बजे हिडीरहेका शेर्पा अचानक लड्दा उनको टाएकोमा गम्भीर चोट लागेको थियो ।  घाइते शेर्पालाई स्थानीय धार्चे आधारभूत अस्पतालमा उपचारको लागि लगिएपनि त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :