चैत १३ गते । रुपन्देहीको दुर्गौलिया नाकामा भन्सार छली गर्न सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले मायादेवी गाउँपालिका–६ बाट खड्कालाई नियन्त्रणमा लिएको हो। भारतबाट अवैध रूपमा घरायसी सामान ल्याउन सहयोग गर्ने भन्दै उनले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।