टोखा डेरामा बस्ने युवक ५४७ किलो गाँजासहित बर्दिबासमा समातिए - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

टोखा डेरामा बस्ने युवक ५४७ किलो गाँजासहित बर्दिबासमा समातिए - Gandaki Express


चैत ४, बर्दिबास — बर्दिबास प्रहरीले ५४७ किलो तयारी गाँजासहित एक मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको नीलो रङको मिनी ट्रक जाँच गर्दा गाँजा फेला परेको हो।

बर्दिबास–३ स्थित बिपी राजमार्गमा आइतबार साँझ उक्त मिनी ट्रकको फल्स बटनभित्र लुकाइ राखिएको अवस्थामा रातो प्लास्टिकमा प्याक गरिएका ३५ वटा पोका बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवती रमण पोखरेलले जानकारी दिए।

गाँजासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकको बाहृबीसे–७ घर भई हाल काठमाडौँ महानगरपालिका–६, टोखा ग्रिनल्याण्डमा डेरा गरी बस्दै आएका ३७ वर्षीय सलिन मगर रहेको बर्दिबास प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :