ठेकेदार फरार भएपछि निर्माणाधीन मोटरेबल पुल आठ वर्षदेखि अलपत्र - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

ठेकेदार फरार भएपछि निर्माणाधीन मोटरेबल पुल आठ वर्षदेखि अलपत्र - Gandaki express


मुस्ताङ, चैत्र १८ – मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल आठ वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीका ठेकेदार तीन करोडभन्दा बढी रकम लिएर फरार भएपछि स्थानीयवासीले सास्ती भोग्नुपरेको छ।


२०७३ सालमा सुरु भएको १०० मिटर लामो केवल स्टेट प्रविधिको पुल दशक बित्दा पनि पूरा नभएपछि स्थानीयवासी आवतजावतका लागि जोखिमपूर्ण झोलुङगे पुल प्रयोग गर्न बाध्य छन्। पुल नबन्दा टिटी ताल जाने पर्यटक र कृषि उत्पादनको बजारीकरणमा समस्या भएको छ।


निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाले भदौ २२, २०७३ मा सम्झौता गरी रकम लिएर काम छाडेको स्थानीय रमेश ल्वागन बताउँछन्। नियामक निकायको कमजोरीले समस्या झन् जटिल बनेको उनको भनाइ छ।


सांसद योगेश गौचनले ठेकेदारलाई कालोसूचीमा राखी जरिवाना असुल गर्दै पुनः ठेक्काको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। १४ करोड १९ लाख लागत रहेको पुलको २४ प्रतिशत रकम भुक्तानी भइसकेको छ। पूर्वाधार कार्यालयले ताकेता गरे पनि ठेकेदारले कुनै प्रगति नगरेको गुनासो छ।


स्थानीयवासीले अब ठेकेदारलाई कानुनी कारबाही गरी पुल निर्माण तत्काल सुरु गर्न माग गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :