सामुदायिक वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सामुदायिक वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ - Brighter Network


चैत १७ गते— बागलुङको ढोरपाटन नगरपालिका-४ हुन्द्राको सरादी सामुदायिक वनमा आगलागी गरेको आरोपमा प्रहरीले ४९ वर्षीय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको छ।

सार्कीले शुक्रबार बारीमा आगो लगाउने क्रममा उक्त आगो सल्किएर सामुदायिक वन, निजी घर, पशु चौपाया बाँध्ने गोठ तथा खानेपानीको पाइपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिएका छन्। स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

सार्कीलाई आइतबार जिल्ला अदालत बागलुङबाट ‘आपराधिक उपद्रव गर्न नहुने’ कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी यादवले बताएका छन्।

नेपालको वन ऐन २०७६ को दफा ५० उपदफा ४ अनुसार, वनमा आगलागी गराउने व्यक्तिलाई भएको क्षतिको बिगो असुल गरिनुका साथै तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :