पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कुन-कुन कसुर आकर्षित होला त ? - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कुन-कुन कसुर आकर्षित होला त ? - Gandaki Express


चैत १७ गते – स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५० र ५१ अन्तर्गत राजद्रोह मुद्दा लगाउन सकिने आधार रहेको छ।

राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, संगठित अपराध, हातहतियार लुटपाट, र डकैती जस्ता गम्भीर अपराधमा मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारले चाहेमा पूर्वराजालाई चारवटा विभिन्न कसुरमा मुद्दा दर्ता गर्न सक्नेछ।

संविधानको धारा ५ विपरीत कार्य गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा ५० तथा ५१ (२) बमोजिम राज्यविरुद्धको अपराधमा कारबाही गर्न सकिने कानुनी व्यवस्था छ। साथै, दफा २४४ को (क), (ग), र (घ) पनि आकर्षित हुन सक्छ।

यसैबीच, सरकार संविधानको अधीनमा रही अनुसन्धान गर्ने तयारीमा लागेको छ। गृहमन्त्री रमेश लेखकले शनिबार बिहान हिंसात्मक घटनाको छानबिन गरी दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

ज्ञानेन्द्रको निर्देशनमा आन्दोलन?

शुक्रबारको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको दाबी गरिएको छ। पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति गठन गरी आन्दोलनको योजना बनाइएको थियो। विवादित व्यवसायी दुर्गा प्रसाईं आन्दोलनका प्रमुख कमान्डर थिए।

प्रदर्शनको अघिल्लो दिन, बिहीबार आन्दोलनका योजनाकारहरू पूर्वराजालाई भेट्न निर्मल निवास पुगेको र त्यहाँबाट फर्किएर पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको स्रोतहरूले जनाएका छन्।

शुक्रबारको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भएको थियो। सोही घटनालाई आधार मानेर सरकारले राज्यविरुद्धको अपराधमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने निर्णय गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :