अवैध रूपमा बोतलमा बेच्न राखेको दुई सय लिटर पेट्रोल बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अवैध रूपमा बोतलमा बेच्न राखेको दुई सय लिटर पेट्रोल बरामद - Gandaki Express

चैत १७ गते – नेपाल प्रहरीले बर्दियाका विभिन्न स्थानमा अवैध रूपमा बोतलमा भण्डारण गरी बिक्री गर्न राखिएको २०० लिटर पेट्रोल बरामद गरेको छ। बरामद गरिएको पेट्रोल नेपाल आयल निगमलाई जिम्मा लगाइएको छ।

खुला रूपमा बिक्री वितरण गर्न राखिएको पेट्रोलको खोजबिन गर्ने क्रममा गुलरिया नगरपालिकाबाट ३५ लिटर, मधुवन नगरपालिकाबाट ४५ लिटर, बारबर्दिया नगरपालिकाबाट ३० लिटर, र बाँसगढी नगरपालिकाबाट ९० लिटर फेला परेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ। ती पेट्रोलहरू किराना पसल, फलफूल पसल र चिया पसलहरूमा भण्डारण गरिएको अवस्थामा फेला परेका थिए।

गर्मी बढेसँगै आगलागीका घटनाहरूमा वृद्धि भएकाले बोतलमा पेट्रोल भण्डारण तथा बिक्री वितरण गर्नु अत्यन्त जोखिमपूर्ण रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार पहिलो चरणमा पेट्रोल नियन्त्रणमा लिएर सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको छ। तर, आगामी दिनमा पुनः यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने उनले चेतावनी दिए।

बरामद गरिएको पेट्रोललाई आवश्यक कारबाहीका लागि नेपाल आयल निगमलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :