गोरखा बजारबाट लागू औषध सहित दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखा बजारबाट लागू औषध सहित दुई जना पक्राउ - Gandaki Express


गोरखा बजारबाट लागू औषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।


पक्राउ पर्नेमा सहिद लखन गाउँपालिका–६ का २७ वर्षीय विशाल बसेल र भीमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा नगरपालिका–६ बस्दै आएका नरेश बराम भएको उनले जानकारी दिनुभयो ।

चैत्र १५ गते शुक्रवार दिउसो १ः३० बजेको समयमा गोरखा सदरमुकामको घ्याम्पे शाल बसपार्कमा शङ्कास्पद अवस्थामा बसेललाई प्रहरीले पक्राउ गरेको थियो । बसेलको साथबाट प्रहरीले लागू औषध Diazepam २ एम्पुल,  Phenergan २ एम्पुल, NOOPHIN १ एम्पुल र IPPL १ एम्पुल फेला पारेको थियो ।


प्रहरीले बसेलले उक्त लागू औषध बरामबाट खरिद गरेको बयान दिएपछि उनको कोठा खानतलासी गर्दा प्रहरीले IPPL २१ एम्पुल, NOOPHIN ४६ एम्पुल, Diazepam ६७ एम्पुल,  Phenergan ६७ एम्पुल गरी कुल २०१ एम्पुल बरामद गरेको थियो ।


पक्राउ परेका दुवै जनालाई प्रहरीले लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।


गोरखा प्रहरीले केही समय यता देखी लागू औषध ओसार पसार तथा बिक्री वितरण एवं सेवन कर्ताहरूको सूक्ष्म अध्ययन गरी रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :