सूचना पाएलगत्तै प्रहरी निरीक्षक प्रवेश तिवारीको कमाण्डमा खटिएको टोलीले स्थानमा पुगेर अनुसन्धान गर्दा दुई जना व्यक्तिलाई अवैध १ नाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो। साथै, मृत अवस्थामा रहेको पोथी जातको रतुवा मृगसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान यस प्रकार गरिएको छ:
१. स्याङ्जा, पुतलीबजार नगरपालिका–१० धिमाटी निवासी ४४ वर्षीय खर्क बहादुर गुरुङ
२. स्याङ्जा, पुतलीबजार नगरपालिका–११ फापरथुम निवासी ४३ वर्षीय सोम बहादुर गुरुङ
उनीहरूलाई नियन्त्रणमा लिइ स्थानीय जनप्रतिनिधिको रोहवरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको मृत रतुवा मृगको शव परीक्षणका लागि डिभिजन वन कार्यालय, स्याङ्जा पठाइएको छ।
हाल, पक्राउ परेका व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।