बागलुङ जिप दुर्घटना अपडेट : एक जनाको ज्या गयो , तीन जना घाइते - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बागलुङ जिप दुर्घटना अपडेट : एक जनाको ज्या गयो , तीन जना घाइते - Brighter Network


चैत २१, बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।


बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खस गाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो ।


दुर्घटनामा गम्भीर घाइते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दा खेतका २२ वर्षीय राजन विक, वडा नं. ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ वर्षीय अशोक बोहरा घाइतेको जिप्रका बागलुङका डिएसपी यादवले जानकारी दिनुभयो । घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।


जिप सडकदेखि एक सय मिटर तल खसेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :