इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरका अनुसार दुर्घटना भानु नगरपालिका–१ स्थित अधेरी खोलानजिक दिउँसो ४ः२५ बजे भएको हो।
चितवनको नारायणगढबाट लम्जुङको बेँसीशहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा करिब ४० जना यात्रु सवार थिए। दुर्घटनामा १५ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर, दुई जना मध्यम, र बाँकी ११ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि बस चालक फरार छन् र उनको खोजी कार्य जारी छ।
घाइते यात्रुहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा गरिएको थियो। उनीहरूलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल र मोति मेडिकलमा पठाइएको छ।

