कार्यालयले जारी गरेको सूचना अनुसार, २०८२ सालका विभिन्न सार्वजनिक विदाका दिनमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले यस वर्षको सार्वजनिक विदाको सूची पनि सार्वजनिक गरेको छ, जसमा गणतन्त्र दिवस, महाशिवरात्रि, घड्ताङ्गा, तथा विभिन्न राष्ट्रिय तथा धार्मिक पर्वहरू समावेश छन्।
साथै, मुस्लिम समुदायका लागि इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) तथा बकर ईद (ईद उल अज्हा) को लागि सार्वजनिक विदा दिइने जनाइएको छ।
प्रशासन कार्यालयका अनुसार, नागरिकता सम्बन्धी सेवा , राहदानी सम्बन्धी सेवा , राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा निरन्तर रूपमा उपलब्ध हुनेछन् ।



