५० वर्षीय भण्डारीको शव फेला परेपछि इलाका प्रहरी कार्यालय ताराखोलाबाट प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर शवको उद्धार गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
भण्डारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक आशंका गरिएको भए पनि विस्तृत विवरणका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

