बागलुङको ताराखोला–३ का वडाध्यक्ष मृत अवस्थामा फेला - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बागलुङको ताराखोला–३ का वडाध्यक्ष मृत अवस्थामा फेला - Gandaki Express


बागलुङ, चैत २७ — जिल्लाको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार उहाँ आफ्नै घरदेखि करिब ५० मिटर उत्तरतर्फ रहेको गोठमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।


५० वर्षीय भण्डारीको शव फेला परेपछि इलाका प्रहरी कार्यालय ताराखोलाबाट प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर शवको उद्धार गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।


भण्डारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।


घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक आशंका गरिएको भए पनि विस्तृत विवरणका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :