बुधबार देशका धेरैजसो स्थानमा वर्षा हुँदा पोखरामा किन हुन सकेन ? - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बुधबार देशका धेरैजसो स्थानमा वर्षा हुँदा पोखरामा किन हुन सकेन ? - Gandaki Express


चैत २७, पोखरा — देशका विभिन्न स्थानमा जारी वर्षा केही समय रोकिए पनि बिहीबार र शुक्रबारसम्म निरन्तर रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, ललितपुरको फुलचोकी आसपास तथा कोशी प्रदेशअन्तर्गत झापा, सुनसरी र सोलुखुम्बु जिल्लामा वर्षा भइरहेको उहाँले बताउनुभयो। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा विशेषगरी लमजुङमा मेघ गर्जनसहितको वर्षा भइरहेको छ।


मौसमविद् झाका अनुसार हालको वर्षा केही समयपछि रोकिए पनि वातावरणीय स्थितिका कारण आज राति, बिहीबार र शुक्रबार पुनः वर्षा हुने सम्भावना रहन्छ।


मौसम महाशाखाले मौसम परिवर्तनका कारण स्वास्थ्यमा असर पर्न सक्ने, यात्रामा बाधा हुन सक्ने तथा कृषि क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

हाल देखिएको वर्षा प्रणाली पूर्वी र मध्य भूभागमा सक्रिय रहेकाले वर्षा मुख्यतः कोशी, बागमती र गण्डकीका केही उच्च र मध्य पहाडी क्षेत्रमा सीमित भयो। पोखरामा वर्षा हुन वायुमण्डलीय आर्द्रता, वायु चक्रको दिशा र स्थानिय तापमानमा पर्याप्त अन्तर आवश्यक पर्छ, तर आज ती सर्तहरू पर्याप्त मात्रामा पूरा नभएकाले पोखरामा वर्षा हुन सकेन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :