दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक प्रहरीको नियन्त्रणमा

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक प्रहरीको नियन्त्रणमा


सङ्खुवासभाकाे खादबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। खाँदवारि बजार आएका १६ बर्सिया र १७ बर्सिया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई जना पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला -३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।


आरोपित दुवै जनालाई खाँदवारि नगरपालिका-१ बाट शुक्रवार पक्राउ गरिएको हो । उनीहरूले दुई जना बालिकालाई प्रलोभनमा पारेर ललाइफकाइ बलात्कार गरेको भन्दै पीडित पक्षले  जिल्ला प्रहरी  कार्यालयमा उजुरी दिएको थियो ।


प्रहरीले आरोपित विरुद्ध  जिल्ला अदालत सङ्खुवासभाबाट आइतबार म्याद थप गरेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :