पोखरामा लागू औषधसहित दुई जना पक्राउ, ५०१ एम्पुल लागू औषध बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा लागू औषधसहित दुई जना पक्राउ, ५०१ एम्पुल लागू औषध बरामद - Gandaki Express


पोखरा-  पोखरा महानगरपालिका वडा नं. ५ स्थित सातिनगरचोकमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ नालाकोमुख बस्ने २६ वर्षीया सिमा दर्जी र हालको ठेगाना खुल्न नसकेका २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन्।


प्रहरीले उनीहरूलाई खानतलासी गर्दा कालो झोलाभित्र लुकाइ राखिएको अवस्थामा अवैध लागू औषध बुप्रिनर्फिन १६७ एम्पुल, डाइजापाम १६८ एम्पुल, र फेनारगन १६६ एम्पुल, जम्मा ५०१ एम्पुल बरामद गरेको हो। साथै, उनीहरूबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।


पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :