नक्कली प्रहरी अधिकृत बनेर ठगी गर्ने गिरोह पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नक्कली प्रहरी अधिकृत बनेर ठगी गर्ने गिरोह पक्राउ - Gandaki Express


जेठ १५, प्रहरी अधिकारीको नक्कली परिचय दिँदै ठगी गर्ने तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त प्रयासमा उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिइएको हो।


भक्तपुर सूर्यविनायक-२ बालकोटका ४१ वर्षीय अनिल थापालाई सीआईबीको डीएसपी भएको बताउँदै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो। थापा हाल मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटारमा बस्दै आएका थिए।


सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार थापालाई मंगलबार मध्यपुर ठिमीबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गराई हिरासतमा राखिएको छ। थापा यसअघि २०७५ सालमा पनि ठगी र आपराधिक विश्वासघातको मुद्दामा पक्राउ परिसकेका थिए।


यसैबीच, आफूलाई सिआइडीका प्रहरी निरीक्षक र सहायक निरीक्षक भनी परिचय दिँदै ठगीमा संलग्न रामकुमार सापकोटा (३४), मकवानपुर थाहा-७ र ओब्जन चदारा (२८), बाजुरा बुढिनन्दा-३ लाई काठमाडौँको कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरिएको छ।


उनीहरूले दुबई पठाइदिने प्रक्रिया मिलाइदिने भन्दै ३० लाख ठगीमा परेका पीडितको पैसा उठाइदिने बहानामा ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


नगद लिएको केही समयपछि पीडितलाई ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक दिए पनि चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।


पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :