काठमाडौँमा शंकास्पद सुन र २८ लाख नगदसहित श्रीराम ज्वेलर्सका सञ्चालक पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

काठमाडौँमा शंकास्पद सुन र २८ लाख नगदसहित श्रीराम ज्वेलर्सका सञ्चालक पक्राउ - Gandaki Express


काठमाडौँ, जेठ ११ – काठमाडौँको कोटेश्वरबाट ठूलो परिमाणको शंकास्पद धातु र २८ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।


जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार महानगरपालिका–३२, सेती ओपी मार्गमा शनिबार चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले भारतको महाराष्ट्र घर भई काठमाडौँको कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेश मगरलाई नियन्त्रणमा लिएको हो।


मगरको साथबाट प्रहरीले:


७३४.२९ ग्राम सुन जस्तो देखिने पहेँलो धातु,


९.५ किलो जाँदी जस्तो देखिने सेतो धातु, र


रु. २८,९३,००० नगद बरामद गरेको जनाएको छ।


पक्राउ परेका मगरमाथि हाल शंकास्पद धातुको स्रोत र अवैध कारोबारसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :