ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर घाइते

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर घाइते


सप्तरी, जेठ १० – सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।


विष्णुपुर गाउँपालिका–१ निवासी २२ वर्षीय सागर मण्डल र १९ वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।


मोटरसाइकल चालक १८ वर्षीय धनन्जय यादव गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेकाले राजविराजस्थित छिन्नमस्ता अस्पतालबाट थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।


दुर्घटना इँट्टा लोड गरिएको स १ त ५४४२ नम्बरको ट्याक्टर र म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको हो।

ट्याक्टर पत्थरगाडाबाट राजविराजतर्फ जाँदै गरेको बताइएको छ।


मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

फरार ट्याक्टर चालकको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :