सङ्लग्नता प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु" — गृहमन्त्री लेखक

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सङ्लग्नता प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु" — गृहमन्त्री लेखक


जेठ १० — पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले आज पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गरेका छन्। उनले आफू यस प्रकरणमा कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्दै, दोषी सावित भए राजनीतिबाट सन्यास लिने घोषणासमेत गरेका छन्।


शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिद्वारा पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।


“केही दिनदेखि सामाजिक सञ्जालमा मेरो नाम भिजिट भिसासँग जोडेर लेखिने क्रम बढेको छ,” गृहमन्त्री लेखकले भने, “कसले, किन र कहाँबाट यो अभियान चलाइरहेको छ भनेर म अनुसन्धानमै थिएँ। अहिले धेरै कुरा बुझिसकेको छु।”


उहाँले थपे, “आजै म काठमाडौं फर्किएपछि गृह मन्त्रालयमार्फत विज्ञप्ति निकालिनेछ। दुई-चार दिनमै म स्वयं केही थप कुरा सार्वजनिक रूपमा राख्नेछु।”


भिजिट भिसा प्रकरणले नेपाली कांग्रेसको छविमा नकारात्मक असर पर्ने कुराप्रति पनि उनले चिन्ता व्यक्त गरे। “मेरो कारणले कांग्रेसको शिर झुक्ने स्थिति कहिल्यै आउन दिनेछैन,” गृहमन्त्री लेखकको भनाइ थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :