१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक ३८ वर्षीय पुरुष प्रहरीको नियन्त्रणमा

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक ३८ वर्षीय पुरुष प्रहरीको नियन्त्रणमा


दाङ, असार १४ गते — दाङमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीय चन्द्र मगर रहेका छन्। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।


प्रहरीका अनुसार मगरमाथि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो।


हाल आरोपीमाथि कानुनी कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :