बारा, असार १४ गते – बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, बहुअरीबाट २१२ किलो ९२८ ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। हेटौँडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले धानको भुस भरिएको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा:
-
मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की,
-
सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले,
-
हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान, र
-
धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोकका ३१ वर्षीय महेश तमाङ रहेका छन्।
पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।