संघीय संसद्का दुवै सदन आज बस्दै, निजामती र विनियोजन विधेयकमा केन्द्रित हुने

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

संघीय संसद्का दुवै सदन आज बस्दै, निजामती र विनियोजन विधेयकमा केन्द्रित हुने





असार १५, काठमाडौं — संघीय संसद्का दुबै सदन — प्रतिनिधिसभा र राष्ट्रियसभा — आज बैठकमा बस्दैछन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बोलाइएको छ भने राष्ट्रियसभाको बैठक त्यसअघिनै, १२:१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल र पारित गर्ने मुख्य एजेन्डा तय गरिएको छ। संघीय संरचनामा गएको लामो समय भए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा भइरहेको ढिलासुस्ती र जटिलताबारे निरन्तर उठ्दै आएका गुनासालाई सम्बोधन गर्ने उद्देश्यले सो विधेयक अघि सारिएको हो।

यसअघि असार ३ गते नै प्रतिनिधिसभाको बैठकमा विधेयक पेस गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो। आज भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

सांसदहरूले विधेयकमाथि आ–आफ्नो धारणा राखिसकेपछि प्रतिनिधिसभाबाट पारित हुने प्रक्रिया अघि बढ्नेछ। त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ र दुवै सदनबाट पारित भएपछि सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ।

उता, राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गतका १४ वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहीकृत छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ। आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको यो छलफललाई पनि संसदले विशेष प्राथमिकतामा राखेको देखिन्छ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :