पोखरामा ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न


पोखरा, असार १३ – लायन्स क्लब अफ पोखरा पिस देउरालीको आयोजनामा आज पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको प्रायोजनमा पोखरा–१७ स्थित पिपलतारा टोल विकास संस्था, आदर्श टोल विकास संस्था र हरियाली आमा समूह भित्रका ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।


कार्यक्रम प्रेमलाल लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा पोखरा महानगर स्वास्थ्य अधिकृत तेजाखर लम्सालले प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष ध्रुव शर्माले गर्नुभएको थियो।


कार्यक्रममा क्लबका अन्य पदाधिकारीहरू डुकप्रसाद काफ्ले, बलराम सापकोटा र गोविन्द सापकोटाले पनि आ-आफ्ना मन्तव्य राख्दै स्वास्थ्यप्रति सचेत रहन र नियमित जाँच तथा व्यायामलाई जीवनशैलीमा समावेश गर्न सुझाव दिएका थिए।


कार्यक्रमको विशेष आकर्षणका रूपमा ८३ वर्षीया जेठी आमा लिलावती बास्तोलालाई मायाको चिनो सहित सम्मान गरिएको थियो।


कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा हरियाली आमा समूह परिवारप्रति आयोजक क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ।


उक्त प्रशिक्षण कार्यक्रमले स्थानीय स्तरमा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सचेतनामा योगदान पुगाउने विश्वास लिइएको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :