असार १३,
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को ग्रेड वृद्धि परीक्षा आगामी साउन २९ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार सार्वजनिक गरिएको एसईई नतिजासँगै उक्त जानकारी दिएका हुन्।
यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
उत्तीर्ण विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ जनाले ३.६० देखि ४.० जीपीए हासिल गरेका छन्।
२०७९ सालको एसईई परीक्षा २०७९ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए भने ग्रेड वृद्धि परीक्षातर्फ ६७ हजार ७१५ जनाले परीक्षा दिएका थिए।
जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ।