क्रिप्टो कारोबार र ठगीमा संलग्न दुई किशोर पक्राउ, करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

क्रिप्टो कारोबार र ठगीमा संलग्न दुई किशोर पक्राउ, करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार


असार १४ गते — सामाजिक सञ्जालमार्फत करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो मुद्रा कारोबार तथा ठगीमा संलग्न दुई किशोरलाई प्रहरीले काठमाडौंको माइतीघर क्षेत्रबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले समिर तामाङ (१९ वर्ष), धादिङको थाक्रे गाउँपालिका–५ स्थायी घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बसोबास गर्ने, र क्रिस पोखरेल (१९ वर्ष), गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निवासीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार समिर तामाङ नामको फेसबुक एकाउन्ट र टेलिग्राम ग्रुपमार्फत “विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा लाभ हुन्छ, अनलाइन जागिर लगाइदिन्छु” भन्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट रकम सङ्कलन गरी ठगी गर्दै आएको उजुरी परेको थियो। उक्त उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको हो।

दुई जनाको संलग्नतामा हालसम्म रु. २३ लाख १५ हजार ठगी भएको पुष्टि भएको छ। उनीहरूले बैंक खातामार्फत रकम जम्मा गराउँदै ठगी गरेका थिए।

पक्राउपछिको प्रारम्भिक अनुसन्धानमा उनीहरूले रु. १ करोड ३१ लाख ६२ हजार ६७५ बराबरको क्रिप्टो करेंसी कारोबार गरेको पनि खुलेको छ। नेपालको कानुनअनुसार क्रिप्टो करेंसीको कारोबार अवैध मानिन्छ।

प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत ठगी गर्ने प्रवृत्ति बढिरहेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन र यस्ता प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :