धनगढी, असार १४ — धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनाको विवरणअनुसार, सु.प.प्र. ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नालामा खस्दा स्थानीय रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।
घाइते सिंहलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।