असार १४ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ।
बोर्डका अनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
को को पूरक परीक्षा दिन पाउने?
शुक्रबार प्रकाशित नतिजामा ग्रेड प्राप्त गर्न नसकेका (नपुगेका) तथा परीक्षा दिन नपाएका (अनुस्थित) सबै परीक्षार्थीहरूलाई पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्षको नतिजा विवरण
२०७८ सालको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमित परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये:
-
३.६–४ जीपीए: ४८,१७७ जना
-
३.२–३.६ जीपीए: ८१,३५५ जना
-
२.८–३.२ जीपीए: ८९,१२४ जना
-
२.४–२.८ जीपीए: ४८,४७९ जना
-
२–२.४ जीपीए: ४,१२६ जना
-
१.६–२ जीपीए: ८ जना
नतिजा अनुसार कूल ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन्।
बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने वर्गीकृत परीक्षार्थी (partial category) को संख्या १ लाख ६७ हजार ५९७ रहेको छ।