प्रदेश सरकारका अनुसार भानु जयन्ती, कोजाग्रत पूर्णिमा, गण्डकी प्रदेश स्थापना दिवस र चैते दशैंको अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरूमा बिदा हुनेछ।
भानु जयन्तीको अवसरमा असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते बिहीबार र चैते दशैंको अवसरमा चैत १२ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा रहनेछ।
गण्डकी प्रदेश सरकारले चाडपर्वका माध्यमबाट सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्वलाई सम्मान गर्न बिदा दिने गरेको बताइएको छ। सम्बन्धित कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायलाई सो बमोजिम आफ्नो कार्यतालिका मिलाउन आग्रह गरिएको छ।

