घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटियो,एकजना अझै बेपत्ता

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटियो,एकजना अझै बेपत्ता

 

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् ।


बुधबार दिउँसो घर नजिकै पाखोबारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक पहिरोमा पुरिएका थिए ।


पहिरोमा परेर पुरिएका उनीहरु नाताले बाबुछोरा हुन् । उनीहरुमध्ये बाबु जगेन्द्र विकको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । लुक्सीपारमा माथिबाट खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका थिए ।


घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले बेपत्ता सरोजको खोजी गरिरहेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :