तनहुँमा माइक्रोबस दुर्घटना, सडक छेउको घरमा क्षति

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

तनहुँमा माइक्रोबस दुर्घटना, सडक छेउको घरमा क्षति


तनहुँ, साउन १३ – वेसीशहरबाट काठमाडौं जाँदै गरेको ग १ ख ४०११ नम्बरको माइक्रोबस मंगलबार तनहुँको भानु नगरपालिका–८ फौदीखोला पुल नजिक दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार दुई वटा मोटरसाइकललाई जोगाउने क्रममा माइक्रोबस अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किँदा घरमा क्षति पुगेको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

माइक्रोबसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :