पहिरोले गोठ भत्किँदा वर्षामा खेत जोत्ने हल गोरु पुरिए

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पहिरोले गोठ भत्किँदा वर्षामा खेत जोत्ने हल गोरु पुरिए


गुल्मी, साउन १३ – गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीमा मंगलबार बिहान गोठ भत्किँदा एक हल गोरु मरेको छ। मृत गोरु स्थानीय छबिलाल विश्वकर्माको हो।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार गोठमा मानिसहरू रहेका बेला घटना भए पनि मानवीय क्षति भने भएको छैन। अविरल वर्षाले मनसुन सक्रिय बनेकाले सुरक्षित रहन र कुनै समस्या देखिए तत्काल जनप्रतिनिधि वा प्रहरीलाई जानकारी दिन सार्वजनिक अपिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले मुचुल्काका लागि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए।

सोमबारदेखि परेको वर्षाले जिल्लाका तीन सडक अवरुद्ध भएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :