आँफै पढ्ने स्कुल बसले किचेर एक बालिकाको मृत्यु

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आँफै पढ्ने स्कुल बसले किचेर एक बालिकाको मृत्यु


साउन १२ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा सोमबार स्कुल बसले किचेर एक बालिकाको मृत्यु भएको छ । 


ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमी स्कुलको मधेश प्रदेश ०३–००१ क २५४२ नम्वरको बसले किचेर सोही विद्यालयमा पढ्ने ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जका रमेश महतोकी छोरी पाँच वर्षीया आशिका महतोको मृत्यु भएको हो । 


स्कुल छुट्टी भएपछि घर छाड्न गएको बसले आशिकालाई घर अगाडि झर्ने क्रममा पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ । 


बसले टाउकोमा किच्दा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । बालिकालाई उपचारका लागि ईश्वरपुर नगरपालिका बयलवासस्थित एक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बालिकाको शव सो अस्पतालबाट पोष्टमार्टमका लागि सोमबार साँझ अबेर प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । 


दुर्घटनापछि स्कुल बस चलाउने चालक फरार रहेका छन् । बस भने जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगेर राखिएको सर्लाही प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । 


बसले किचेर बालिकाको मृत्यु भएपछि तनाव हुन सक्ने भन्दै अस्थायी प्रहरी पोष्ट नोकेल्वासहित इलाका प्रहरी कार्यालय भक्तिपुर, इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो । स्थिति सामान्य रहेकाले अहिले सबै प्रहरी आफ्नो कार्यालयमा फर्किसकेका इन्स्पेक्टर सिंहले बताउनु भएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :