काठमाडौं, साउन १२ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह वि.ए. प्रथम वर्ष (आंशिक) परीक्षाको प्राप्ताङ्क अनिवार्य रूपमा साउन १६ गतेभित्र अनलाइन पोर्टलमार्फत प्रविष्ट गर्न क्याम्पसहरूलाई निर्देशन दिएको छ।
मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत वार्षिक परीक्षा प्रणालीअनुसार २०८२ साल वैशाख महिनामा सञ्चालन भएको उक्त परीक्षाको विषय कोडसहित पूर्णाङ्क प्रविष्ट गर्नुपर्ने त्रिविले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक र प्रयोगात्मक परीक्षाका प्राप्ताङ्क तोकिएको समयसीमाभित्र प्रविष्ट नगरे नतिजामा समावेश गरिने छैन।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै क्याम्पसलाई समयसीमा भित्र कार्य सम्पन्न गर्न आग्रह गरेको छ।