मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत वार्षिक परीक्षा प्रणालीअनुसार २०८२ साल वैशाख महिनामा सञ्चालन भएको उक्त परीक्षाको विषय कोडसहित पूर्णाङ्क प्रविष्ट गर्नुपर्ने त्रिविले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक र प्रयोगात्मक परीक्षाका प्राप्ताङ्क तोकिएको समयसीमाभित्र प्रविष्ट नगरे नतिजामा समावेश गरिने छैन।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै क्याम्पसलाई समयसीमा भित्र कार्य सम्पन्न गर्न आग्रह गरेको छ।


