स्याङ्जामा सुनका गरगहना चोरी भएको भनी झुट्टा उजुरी दिने महिला प्रहरीको कारबाहीमा

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा सुनका गरगहना चोरी भएको भनी झुट्टा उजुरी दिने महिला प्रहरीको कारबाहीमा


स्याङ्जा, साउन २९ – स्याङ्जाको फेदिखोला गाउँपालिका–१ चारघरेकी देवी कुमारी गुरुङले आफ्नै सुनका गरगहना चोरी भएको भनी झुट्टा सूचना दिएपछि प्रहरी कारबाहीमा परेकी छन्।

मिति २०८२ साउन २७ गते दिउँसो उनका घरमा कोही नभएको समयमा चार थान सुनका गरगहना चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली खटिएको थियो। अनुसन्धानका क्रममा मिति साउन २८ गते हराएको भनिएका सुनका तीन थान गुरुङकै घरमा फेला पारिएको प्रहरीले जनाएको छ।

अझै बाँकी रहेका गरगहनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। साथै, प्रहरीले आफ्नो हकमा पर्ने सम्पत्ति चोरी भएको भनी झुट्टा उजुरी नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :