पोखरा — पोखरा महानगरपालिका–१५ नयाँगाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय विद्यालयमा आधारभूत तहका विद्यार्थीहरूबीच अन्तर–सदनात्मक नेपाली हिज्जे प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले भाषा शिक्षामा विद्यार्थीहरूको दक्षता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो।
प्रतियोगितामा हरियो सदनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। विजयी टोलीमा आरोग्य श्रेष्ठ, आयुश भुजेल, आरधना जि.टी. र जेनस जि.सी. रहेका थिए। त्यस्तै निलो सदनका पृन्स राम्दाम, फियोना थापा, स्वेक्षा गुरुङ र आजिल लामिछानेले द्वितीय स्थान प्राप्त गरे।
कार्यक्रममा विद्यालयका प्राचार्या शर्मिला गुरुङको प्रमुख आतिथ्यता तथा निर्देशनमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको अन्त्यमा प्राचार्या गुरुङले विजेता तथा सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै हिज्जे प्रतियोगिताले विद्यार्थीहरूको भाषिक ज्ञान, ध्यान एकाग्रता र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले विद्यालयले भविष्यमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा आधारभूत तहका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
—ब्राइटर खबर, पोखरा

