पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध


श्रावण २३, गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको छ ।


पहिरो पन्छाई सवारी सञ्चालनका लागी प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठले जानकारी दिनुभयो । पहिरो आसपासका क्षेत्रहरुमा सवारीका साधनहरुको जाम धेरै हुन नदिन प्रहरीले ठाउँ ठाउँमा सवारीका साधनहरुलाइ रोकेर राखेका छन् ।


अवरुद्ध राजमार्गका कारण संघीय राजधानीबाट बिहान बाहिरिएका सवारीका सधनहरुलगाएत राजधानी प्रवेशका लागी आएका रात्री बसहरु सडकमै रोकिएका छन् । पानी परिरहेको र पहिरो विस्तारै बगेका कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।


जहरे खेतको पहिरो पन्छाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान प्रहरी गरेको छ । योसँगै वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँ ठाउँमा सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :