धादिङ, साउन १६ – पृथ्वी राजमार्गको गल्छी–मलेखु सडकखण्ड अन्तर्गत बेल्खुमा तीनवटा सवारी साधन आपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२७ नम्बरको तेल ट्याङ्कर र विपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको योद्धा पिकअप तथा बाग्मती प्रदेश ०१–०६ ख ८१७५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते सातै जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।