मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र



माघ ५ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा तयारीलाई तीव्रता दिइएको छ। उक्त निर्वाचनमा करिब सात हजार मतदाताले मतदान गर्नेछन्।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मनाङमा ६ हजार ७७९ मतदाता थिए। प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार आगामी निर्वाचनमा महिला ३ हजार ६२३ र पुरुष ३ हजार ३७७ गरी जम्मा २९ मतदान केन्द्रमार्फत मतदान हुनेछ। मतदाताको सहजता र सुरक्षा व्यवस्थापनलाई ध्यानमा राख्दै कारागारभित्र समेत एक मतदान केन्द्र थप गरिएको छ।

निर्वाचन अधिकारी कुँवरका अनुसार नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसहित छ, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र तोकिएका छन्। भौगोलिक अवस्थाका कारण मनाङलाई निर्वाचनका दृष्टिले जोखिमपूर्ण क्षेत्र मानिन्छ।

यस समय हिमपातको सम्भावना र दुर्गम भू–भागलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सडक सञ्जाल नपुगेको र अत्यन्त विकट नार्पाभूमि क्षेत्रमा विशेष जोखिम रहे पनि निर्वाचनको तयारी भने निरन्तर भइरहेको छ।

भौगोलिक रूपमा दुर्गम, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मनाङमा निर्वाचन सम्पन्न गर्नु आफैंमा ठूलो व्यवस्थापकीय चुनौती हो। त्यसलाई सफल बनाउन निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गरी तयारीलाई उच्च प्राथमिकतामा राखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :