माघ ५ गते, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डा. काफ्लेले राजीनामा पत्र बुझाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार राजीनामाको विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।
प्रवक्ता डा. बुढाथोकीले भन्नुभयो, “राजीनामाको व्यहोरा आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरिनेछ।”
डा. काफ्ले गत फागुन महिनामा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

