पर्वतमा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका टिप्पर र जेसीबी नियन्त्रण, ४० हजार रुपैयाँ जरिवाना

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पर्वतमा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका टिप्पर र जेसीबी नियन्त्रण, ४० हजार रुपैयाँ जरिवाना

पर्वतमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक टिप्पर र एक जेसीबी नियन्त्रणमा परेका छन्।

प्रहरीका अनुसार असार २० गते साँझ करिब ५:४५ बजे कुश्मा नगरपालिका–१ नागकोथानस्थित कालीगण्डकी नदी किनारमा ग १ क ४७६८ नम्बरको टिप्परमा प्रदेश ३–०१–००३ क ७१०२ नम्बरको जेसीबीमार्फत अवैध रूपमा ढुङ्गा उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला पारिएको थियो।

घटनापछि दुवै सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

कुश्मा नगरपालिकाले अवैध उत्खननमा संलग्न सवारीसाधनलाई ४० हजार रुपैयाँ जरिवाना गरेपछि सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :