सार्वजनिक बसमै महिलाको पर्स चोरी गर्ने तीन जना पक्राउ, सुनका गहना बरामद

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सार्वजनिक बसमै महिलाको पर्स चोरी गर्ने तीन जना पक्राउ, सुनका गहना बरामद


साउन १ गते कास्की प्रहरीले सार्वजनिक बसमा सवार एक महिलाको पर्स चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राखोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रङको लेडिज पर्स चोरी भएको थियो।

घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने पहेंलो धातुको हार (टुक्राटुक्रा पारेर बाँडिएको अवस्थामा) तथा चाँदीका दुई वटा बेरुवा औँठी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ घर भई हाल पोखरा–९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का, तथा झापाको कनकाई नगरपालिका–८ घर भई हाल पोखरा–६ खहरे बस्ने ४५ वर्षीय टेकबहादुर भुजेल (सूर्य) रहेका छन्।

उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :