होली खेलेर नदिमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

होली खेलेर नदिमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता - Express


उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन ।


बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन ।


होली खेले पश्चात साउनेस्थित धाप्लाङघाटमा पौडी खेल्न गएका उनीहरु कोशी नदीमा हराएका हुन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए ।


पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा- १४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो ।


बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :