स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको साधारण सभा सँगै होली विशेष कार्यक्रम सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको साधारण सभा सँगै होली विशेष कार्यक्रम सम्पन्न - Gandaki Express


पोखरा , चैत ११ गते । स्याङ्जा  रापाकोट पोखरा सम्पर्क समाजको चौधौँ साधारण सभा सँगै पारिवारिक भेटघाट एवम् होली विशेष कार्यक्रम सम्पन्न भएको छ  ।

आइतबार पोखरामा  आयोजित होली विशेष कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षता र अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीको प्रमुख  आतिथ्यमा सम्पन्न भएको हो   ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले गाउँ भन्दा बाहिर रहेका युवा शक्तिले गाउँ विकास र त्यहाँको परिवर्तनमा उल्लेख्य भूमिका खेल्न सक्ने बताउँदै पालिकाको समृद्धिमा आफू दिनरात लागि परेको  बताए । 

समाजका उपाध्यक्ष महेश्वर रिमालले स्वागत मन्तव्य राखेको उक्त  कार्यक्रममा संस्थाका संरक्षक हेमनारायण चापागाईँ , अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष जमुना काफ्ले चापागाईँ , सल्लाहकारहरू  डा.टेकनारायण पौडेल , ईश्वरी प्रसाद लम्साल,  निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले , अर्जुनचौपारी पोखरा साकोसका अध्यक्ष  डा भवानी शङ्कर पौडेल , दरौंखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतम, आरुचौर एकता समाजका अमृत घिमिरे लगायत रापाकोटबासीको सहभागिता रहेको थियो ।

समाजका कोषाध्यक्ष सीता चापागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा अघिल्ला वर्षहरूमा जस्तै होलीको अवसर पारि अर्जुनचौपारी गाउँपालिका स्याङ्जाको साबिकको रापाकोटबाट पोखरा आइ बस्ने र विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

समाजका सचिव प्रेमलाल लम्सालले सञ्चालन गरेको कार्यक्रममा एकापसमा भाइचाराको सम्बन्ध बढाउने उद्देश्यले  अबिर लगाएर प्रेम र सद्भाव साटासाट गरिएको थियो  ।



































Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :