विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको ज्यान गयो,घर पूर्णरुपमा जलेर नष्ट - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको ज्यान गयो,घर पूर्णरुपमा जलेर नष्ट - Express


विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-३ को बोगडीछापमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया सिजनकुमारी थापा रहेकी छिन् ।


आज विहान ५:३० बजेको समयमा विद्युत सर्ट भएर घर समेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको थियो ।


सोही घटनामा उनका श्रीमान खड्गबहादुर थापाको स्वामित्वमा रहेको २ तले खरको छाना भएको घर समेत पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घर जल्दा तीन लाख रुपैयाँ बरारबरको क्षति भएको प्रहरीको प्रारम्भिक भनाई छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :