भान्सा कोठाबाट अचानक आगो उठ्दा पुरै घर जलेर नष्ट - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भान्सा कोठाबाट अचानक आगो उठ्दा पुरै घर जलेर नष्ट - Express

फूलबारीका हर्कबहादुर थापाको जलेर क्षति भएको घर , तस्विर:गोरखापत्र 


चैत १७ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घर जलेर नस्ट भएको छ। प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा शनिबार दिउँसो एक घर आगलागी भएको हो।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार फूलबारीका स्थानीय हर्कबहादुर थापाको घर जलेको हो। भान्सा कोठाबाट अचानक आगो उठ्दा थापाको ढुङ्गा, माटो र काठले बनेको खर (फुस) को छाना भएको दुईतले घर जलेको  लुङ्गेलीले जानकारी दिनुभयो।


आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नस्ट भएको प्रहरीले जनाएको छ। त्यस्तै दुई तोला सुनको गरगहानासमेत जलेर नस्ट हुँदा करिब ११ लाख ६० हजार रुपियाँ बराबरको क्षति हुन गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :