प्रधानमन्त्री निवास बालुवाटारमा ३ दलका शीर्ष नेताको बैठक जारी - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रधानमन्त्री निवास बालुवाटारमा ३ दलका शीर्ष नेताको बैठक जारी - Gandaki Express


चैत १७ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो । 


बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै, नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ। 


सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक र  संवैधानिक परिषद्का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :