पोखराबाट महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गर्ने दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराबाट महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गर्ने दुई जना पक्राउ - Gandaki Express


पोखरा  ।  कास्कीको  पोखराबाट महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  


पोखरा महानगरपालिका वडा नम्बर  ८ नँयाबजार स्थित हाल सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रहेको महानगरको स्टोरको रूपमा रहेको भवनको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको  हो ।


लमजुङ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर  ९ बस्ने वर्ष २८ का सुवीर थापा मगर र सोही स्थान  बस्ने वर्ष २९ का  सरोज थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।


गोप्य सूचनाको आधारमा   वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धानको क्रममा चोरी गरी नक्साका ३९ थान  फाइलहरू सहित उनीहरूलाई पक्राउ गरेको हो ।


उनीहरूलाई  चोरी सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी  अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :