ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
केन्द्रअन्तर्गत तनहुँकी संयोजक लुना रानाले चालु आर्थिक वर्षको साउन देखि फागुनसम्म आठ महिनाको अवधिमा सबैभन्दा धेरै भिमाद नगरपालिकाका सात जनाले ज्यान गुमाएका छन् ।
यसैगरी व्यास नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जना गरी १५ जनाले ज्यान गुमाएको लुनाले जानकारी दिनुभयो । यस वर्षको ६ महिनाको अवधिमा मात्रै १५ जनाले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो ।
रानाकाअनुसार गत वर्ष ३४ जना घाइते भएका थिए भने यस वर्षको फागुन सम्ममा ३७ जना घाइते भएका छन् । सन् २०१९–२० मा एक जना, २०२०–२१ मा १८, २०२१–२२ मा २४, २०२२–२३ मा १८, आठ महिनाको अवधिमा १५ जना र अन्य जिल्ला भई तनहुँमा अस्थायी बसोबास गर्ने ३ जनाको मृत्यु भएको छ । पाँच वर्षको अवधिमा मृत्यु भएका ती परिवारले नौ करोड १२ लाख ९२ हजार दुई सय ६१ रुपियाँ क्षतिपूर्ति पाएका छन् ।
सन् २०१९–२०मा दुई लाख १० हजार, २०२०–२१ मा १ करोड ८६ लाख ५० हजार, २०२१–२२मा तीन करोड ६४ लाख आठ हजार, २०२२–२३मा दुई करोड ९३ लाख ९४ हजार दुई सय ६१, ६ महिनाको अवधिमा ४२ लाख र अन्य जिल्ला घर तनहुँमा अस्थायी बसोबास गर्ने तीन जनाले ६३ लाख रुपियाँ क्षतिपूर्ति पाएका छन् ।