शनिवार अचानक चलेको हावाहुरीले पाल्पामा एक जनाको ज्यान लिएको छ ।
अचानक हावाहुरी सहित आएको असिना पानीका कारण ओतका लागी प्रतीक्षालय बस्न लागेका एक जनालाई सल्लोको रुखले च्यापेर ज्यान गएको हो ।
तानसेन नगरपालिका -८ डुम्रे नजिकै जरे-पिपलमा भएको घटनामा स्कुटरमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाश नगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो ।
पाल्पा र यसका आसपासका क्षेत्रमा शनिवार ठुलो हावाहुरी सहितको वर्षा भएको थियो ।